Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी ११ प्रतिशत कर्जा


कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी ११ प्रतिशत कर्जा

काठमाडौं, २२ असार । कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशत को आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ। यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बैंकले बताएको छ।

बैंकका अनुसार अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा विना झन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेछ। यस योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्सहानका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकले बताएको छ।