काठमाडौं । नेपाल आइडल सिजन—६ मा उत्कृष्ट प्रस्तुती दिदै आइरहेकी चितवनकी दर्शना गान्धारीलाई प्रतियोगिताकै दौरानमा गीत गाउने अवसर प्राप्त भएको छ । शुक्रबारको एपिसोडमा गान्धारीलाई नेपाली चलचित्र ‘उनको स्वीटर’मा काफ्ले गीतका सर्जक युवराज काफ्लेले सहकार्य गर्ने भिडिओ सन्देश पठाएका थिए । उनले अघिल्लो एपिसोडमा काफ्लेकै गीत गाएकी थिइन् ।
झुमा लिम्बु र सुजन चापागाइँले गाएको सो गीत गान्धारीले थप उत्कृष्ट गाएकी थिइन् । पछिल्लो समय उत्कृष्ट प्रस्तुती दिएकी गान्धारीले प्रशंसा बटुली रहेकी छन् । सिजन—६ मा गोल्डेन माइक प्राप्त गान्धारीले एक पछि अर्काे दमदार प्रस्तुती दिदै आइरहेका छन् । उनलाई आइडलको उपाधी जिताउन अहिले उनको जिल्ला चितवन लगायत देशभरका विभिन्न जिल्लामा भोटकालागि अपिल भइरहेको छ ।