काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । शून्य दशमलव १२ प्रतिशतले बढेर २७०३.३९ विन्दुमा उक्लिएको छ । बुधबार २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा बन्द भएको थियो । कुल ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको मूल्य घट्यो । आज ६९ हजार ८९ पटकको सेयर किनबेचबाट ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच भयो । बैकिङ, जलविद्युत्, निर्जीवन बिमा र अन्य उपसमूहबाहेक सबै उपसमूहहरु बढ्यो ।
नेप्से परिसूचक ३.३५ अंकले बृद्धि