Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण


भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नेपाल टेलिकमले लागू गरेको नयाँ दरअनुसार एक्सेस कोड १४२४ प्रयोग गरेर भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण गरिएको छ । यो कर बाहेकको दस्तुर हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भारतमा सस्तो दरमा कल गर्न लागि लागू विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ मार्फत हुने बाह्यगमन कलको महसुल दर परिमार्जन गरेको छ । नयाँ दर २०८१ पुस १५ गते राति १२ बजेदेखि लागू हुने कम्पनीले जनाएको छ ।

एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरी भारतमा हुने कलका लागि पल्स ड्युरेसन ६० सेकेन्ड निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ । नेपाल टेलिकमले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय कल सस्तो र सहज बनाउने उद्देश्यले यो नयाँ दर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । भारतमा कल गर्ने सेवामा नयाँ दर लागू भएसँगै ग्राहकहरूले सुलभ दरमा सेवा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।