Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

केन्द्रिकृत पञ्चायत र सिंहदरबारले ल्याउन खोजेको जस्तो भयो बजेट:पृथ्वीसुब्बा गुरुङ


केन्द्रिकृत पञ्चायत र सिंहदरबारले ल्याउन खोजेको जस्तो भयो बजेट:पृथ्वीसुब्बा गुरुङ

काठमाडौं २५ जेठ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले नारा राम्रो हुदैमा बजेट कार्यान्वयन नहुने बताएका छन् । बजेटले गलत बाटो हिँड्न खोजेको भन्दै उनले नारा र निबन्धमा राम्रो बजेट भएपनि सही मार्ग समात्न नसकेको धारणा राखेका हुन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा बिहीबार सहभागी हुँदैन गुरुङले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना नरहेको, संघीयतालाई सबल बनाउने लक्ष्य नै नरहेको बताए । केन्द्रिकृत पञ्चायत र सिंहदरबारका सरकारले ल्याउन खोजेको बजेट जस्तो आएको छ ।

वित्तीय संघीयताको प्रबन्ध गरेर संघीयतालाई सबल गर्छौं लेख्नुभएको छ तर त्यो अनुसारको बजेट र नीति आएको छैन ।’ संविधानले समाजवादको मार्गमा जाने भनेको तर बजेटमा भने त्यस्तो कुनै व्यवस्था नगरेको गुरुङको भनाइ छ । उनले भने, ’रोटेपिङ खेलेर समाजवादको गन्तव्यमा पुग्छौं भन्ने परिकल्पना गरेजस्तै बजेट हो यो ।

बजेटले राष्ट्रिय पुँजी विकासलाई केन्द्रमा नराखेको उनको भनाइ छ । ’फोकसको क्षेत्र बनाउँदाखेरि हाम्रो बजेटको संरचना हेर्दा, राजश्वको अनुमान हेर्दा, कर प्रणालीको कुरा गर्दाखेरि कुनै परिवर्तन भएको छैन ।

परिवर्तनशील कर प्रणालीको कुरा छैन । राजश्वमा आधारित अर्थतन्त्रको निर्माण गर्न खोजेर राजश्वमा रमाउने सरकार, कमिसनमा रमाउने व्यापारिक क्षेत्र, यस्तो अर्थतन्त्रले मुलुकको विकासमा योगदान पु¥याउन सक्दैन,’ उनले भने, ’यस्ता कुराले मुलुकमा राष्ट्रिय पुँजीको विकास हुन सक्दैन ।

राष्ट्रिय पुँजीको विकास नभएपछि सरकारले पूरा गर्नुपर्ने शिक्षा, स्वास्थ्य क्षेत्रका दायित्वहरू या सामाजिक सुरक्षाका दायित्वहरू पूरा गर्न सक्दैन ।’ मुलुकमा राष्ट्रिय पुँजी विकास गरेमा मात्रै आगामी दिनमा आइपर्ने समस्याको सामना गर्न सकिने गुरुङले बताए । मुलुकमा रहेको लैंगिक, क्षेत्रीय, वर्गीय, जातीय असमानता अन्त्य गर्नका लागि यो बजेटले कुनै पनि दिशा समात्न नसकेको पनि उनको भनाइ थियो ।