काठमाडौं । नेपाल र वेस्ट इन्डिजबिच यही सेप्टेम्बर २७ देखि ३० सम्म हुने तीन वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नाम युनिटी कप राखिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हालै नेपालमा जेनजी आन्दोलन पछि देशको एकतालाई महत्त्व दिँदै उक्त नाम राखिएको बताएको छ । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि नेपालले तयारी पनि गरिरहेको छ ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नाम युनिटी कप