Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरमा एनपीएल हेर्न पुगेका दर्शकबीच झडप हुँदा सात जना घाइते


कीर्तिपुरमा एनपीएल हेर्न पुगेका दर्शकबीच झडप हुँदा सात जना घाइते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भएका छन् ।

गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार गेटबाट छिर्ने क्रमममा झगडा भएका हो । केही घाइते भएका छन्, घाइते हुनेमा केही प्रहरी जवान पनि छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले पनि सात जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा घाइतेहरूको उपचार भइरहेको छ ।

एसएसपी घिमिरेका अनुसार घाइते हुनेमा सुशिल अकुलिया, अजय तामाङ, शिशिर गौतम, शंकर आचार्य, दान बहादुर राउत, केशव मेगी, प्रेम खड्गी रहेका छन् ।