Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप


काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको  बताए । एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

त्यस्तै प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ५ महिला र ७ पुरुष रहेको प्रहरीले जनाएको छ । दाङको स्वर्गद्वारी गुठीका मोही किसान लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका छन् ।