काठमाडौं । जेनजी आन्दोलनका कारण देशभरका करिब २ दर्जन होटलमा ठुलो क्षति पुगेको छ । होटल सङ्घ नेपालका अनुसार विभिन्न सहरमा गरी सो बराबरको क्षति पुगेको हो ।
सङ्घको प्रारम्भिक अनुमानले कुल २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको देखाएको छ । जसमध्ये काठमाडौँको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ।
प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका प्रतिष्ठानहरू रहेका छन् । तोडफोड, आगजनी र लुटपाटबाट यी होटलहरूमा व्यापक क्षति पुगेको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।