Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रवि लामिछानेलाई संसदीय छानविन समितिले बोलायो


रवि लामिछानेलाई संसदीय छानविन समितिले बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शोधपुछमा लागि बोलाएको छ। सोधपुछका लागि शुक्रबार २ बजे बैंठकमा बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।

सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ। विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खाता मार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।