Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रास्वपा नेता सन्तोष परियार चढेको गाडी राजावादी आन्दोलनकारीद्धारा आगजनी


रास्वपा नेता सन्तोष परियार चढेको गाडी राजावादी आन्दोलनकारीद्धारा आगजनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् । बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए ।

त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उनले बताए । सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उनले भने । परियारले आफूलाई नचिनिकन गाडीमा आगजनी गरिएको बताए ।