Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अरुण चौधरीसहित तीन जनालाई २ दिनमा अनुसन्धान नसके जमानीमा छोड्न जिल्ला अदालतको आदेश


अरुण चौधरीसहित तीन जनालाई २ दिनमा अनुसन्धान नसके जमानीमा छोड्न जिल्ला अदालतको आदेश

काठमाडौँ — बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतल काठमाडौंले अनुमति दिएको छ । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो । दुई दिनका लागि म्याद थपिएको छ, दुई दिनमा नसकिए जमानीमा छोड्नू भन्ने छ, काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले भने ।