Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सकियो


श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सकियो

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सकिएको छ । संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको हो ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि नेपाली राजदुत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रस्ताव राखेका थिए ।

प्रस्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।