Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन


दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन

बाँके । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को साउन र भदौ महिनामा दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०८०।०८१ को सोही समयमा दुई अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपियाँ राजस्व सङ्कलन गरेकोमा चालु आर्थिक वर्षको सुरुका दुई महिनामा राजस्व सङ्कलनमा १४ करोड भन्दा बढी हो । चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौ महिनामा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

नेपालगन्ज भन्सारलाई हरेक महिनामा दुई अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको सङ्कलन हेर्दा हरेक महिनामा लक्ष्य भन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व सङ्कलन हुने सङ्केत देखिएको भन्सार कार्यालयले जनाएको छ।