Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुँजी बजारमा साढे ९ अर्बको कारोबार, ५५.८६ अंकको गिरावट


पुँजी बजारमा साढे ९ अर्बको कारोबार,  ५५.८६ अंकको गिरावट

काठमाडौं । पुँजी बजारमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ अंकमा बन्द भएको छ । आज नेप्सेमा राताम्य छाएको हो ।

आज दिनभरिमा ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद-बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मात्रै बढेको नेप्सेले जनाएको छ । आज हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ८.९८ प्रतिशत अर्थात् १२९ रुपैयाँ बढेर १ हजार ५६५ रुपैयाँ पुगेको छ । यस्तै, नेपाल वेयरहाउजिङको ७.५९ प्रतिशत, इमर्जीङ नेपालको ६.३८ प्रतिशत, सीईडीबी हाइड्रोको ६.२१ प्रतिशत र स्वरोजगार लघुवित्तको ५.८७ प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

यस्तै, आज उन्नति सहकार्य लघुवित्तको ७.७८ प्रतिशत, सिर्जनशील लघुवित्तको ७.०२ प्रतिशत, सपोर्ट लघुवित्तको ६.९७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

नेप्सेका अनुसार आजसीईडीसी हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर काराेबार भएको छ । यस कम्पनीको ३७ करोड ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको हाे। यस्तै, हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँ, हाथवेको २३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ समूहको २.२८ प्रतिशत, विकास बैंक समूहको १.८७ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.६७ प्रतिशत, जलविद्युत समूहको २.४४ प्रतिशत, लगानी समूहको ०.३४ प्रतिशत, जीवन बीमा समूहको २.४९ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको १.२५ प्रतिशत, लघुवित्त समूहको २.३३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.९४ प्रतिशत, निर्जीवन बीमा समूहको २.४५ प्रतिशत, अन्य समूहको १.८३ प्रतिशत र व्यापार समूहको ०.४३ प्रतिशत घटेको छ ।