Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीको खर्बौं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति प्रेम सुवालको प्रश्न


सहकारीको खर्बौं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति प्रेम सुवालको प्रश्न

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बौं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।

सहकारी संस्थामा बचत ठगीमा परेका पीडितहरूको बचत फिर्ता कसरी हुने हो ? सम्बन्धित जिल्ला, प्रदेश, महासंघ र सहकारी बैंकमा रहेका पदाधिकारीहरू र डुबेका सहकारी संस्थाका पदाधिकारीहरूलाई जनताको बचत फिर्ता गराउन तिनीहरूको सम्पती र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ,’ सांसद सुवालले भने । सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासंघ हुँदै साम्राज्यवादीहरूको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको जिकिर गरे ।