Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको छः प्रधानमन्त्री केपी शर्मा ओली


नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको छः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा बोल्दै नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाएका हुन । उनले लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरेका थिए । उनले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकाले लगानीका लागि आग्रह गरे ।

नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको स्मरण गर्दै उनले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । साथै उनले महासङ्घले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देशविदेशमा पहल गरिरहेकोमा महासङ्घको प्रशंसा पनि गरे ।

चीनका वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबिचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको जानकारी गराएका थिए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए । चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अति कम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए ।