Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन


पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए । प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।