काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलरमट्टितेलमा ३—३ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १५६—१५६ रुपैयाँ पर्छ । नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो