Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं उपत्यकामा बिहिबार बिहानैदेखि सुरक्षा सर्तकर्ता


काठमाडौं उपत्यकामा बिहिबार बिहानैदेखि सुरक्षा सर्तकर्ता

काठमाडौं । पूर्वराजसंस्था पक्षधरको प्रर्दशन तथा सत्तारुढ एमालेले गणतन्त्र दिवस मनाउन आयोजना गरेको र्यालि लगाएतलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा सर्तकर्ता बढाइएको छ । बिहिबार बिहानैदेखि प्रहरी तैनाथीको क्रम सुरुहुने छ । गणतन्त्र दिवस मूल समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल १० बजे सैनिक मञ्च, टुँडिखेल पुग्ने कार्यक्रम तय भएको छ ।

त्यसका लागि प्रहरी ड्युटी ८ बजेदेखि नै सुरू हुन्छ । सो सवारी ड्युटीका लागि जिल्ला प्रहरी परिसरसहित प्रहरी बृत्त महाराजगन्ज, लैनचौर, दरबारमार्ग र सिंहदरबारका टोली सडकमा हुनेछन् । राष्ट्रपति पौडेल ९ः५० मा शितल निवासबाट निस्कने कार्यक्रम रहेका कारण पहिलो चरणमा महाराजगन्जदेखि रत्नपार्कसम्म १५ मीनेट सवारी आवागमन अवरुद्ध हुने प्रहरीले जनाएको छ ।

टुँडिखेलबाट राष्ट्रपति पौडेल १०ः४५ मा निस्कने कार्यक्रम छ । उनी फर्कने क्रममा फेरि अर्को १५ मीनेटका लागि सवारी आवागमन अवरुद्ध हुने भएको छ । राष्ट्रपतिको सवारीपछि एमाले र राप्रपा प्रदर्शनका कारण फेरि काठमाडौंका मुख्य सडक अवरुद्ध हुने छन् । त्यस्तै, प्रदर्शन लक्षित सुरक्षा योजनाकालागि आन्तरिक तयारी भइरहेको प्रहरीले जनाएको छ ।