काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा अंग्रेजी नयाँ वर्ष मनाउन आउनेको भिड लागेको छ । सो क्षेत्रमा ‘न्यू इयर इभ’मा पर्यटकको भिड लागेको हो । नयाँ वर्षको अवसरमा ठमेलमा स्ट्रीट फेस्टिवल पनि आयोजना गरिएको छ ।
सडक छेउमा टेन्ट राखेर अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत गर्नका लागि भेला भएका मानिसलाई तातो परिकारका साथै पेय पदार्थ पनि विक्रीमा राखिएको छ । नयाँ वर्ष सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा ठमेलमा भने भीड बढ्दै गएको छ ।