Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइएमई 'पे'को 'उडान मेला' नामक योजना सार्वजनिक


आइएमई 'पे'को 'उडान मेला' नामक योजना सार्वजनिक

काठमाडौं । आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ 'उडान मेला' नामक योजना सार्वजनिक गरेको छ। गत माघ २ गतेबाट सुरू भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा तीन सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

योजनामा नियमित ग्राहकहरूले 'सेभ १००' प्रोमोकोड राखेर एक सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले फर्स फ्लाइ प्रोमोकोड राखेर तीन सय रूपैयाँको क्यासब्याकको लाभ उठाउन सक्नेछन्। हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ह्याब प्रोमोकोड सोधिएको ठाउँमा यि प्रोमोकोडहरू राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ।