Thursday, June 26, 2025

२०८२ असार १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक, कति छ ?(सूचीसहित)


गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक, कति छ ?(सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर पौडेलले बुधबार सार्वजनिक गरेको विरणमा उन र श्रीमतीका नाममा गरी १४ करोड रुपैयाँभन्दा धेरै शेयरमा लगानी छ ।

यस्तै, पौडेल र उनको श्रीमतीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २७ लाख रुपैयाँ निक्षेप रहेको छ । यस्तै पौडेलकी श्रीमती प्रतिभा शर्माका नाममा ललितपुरको सैँबु र चितवनको गैँडाकोटमा एकरएक घर र जग्गा रहेको छ ।

यस्तै गर्भनर पौडेलकी श्रीमतीका नाममा एउटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी पौडेलसँग झन्डै ४५ तोला सुनका गहना र झन्डै १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् ।