Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्धः मन्त्री बद्रीप्रसाद पाण्डे


उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्धः मन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए ।


मन्त्री पाण्डेले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको उल्लेख गर्दै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिए । यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ ।