Wednesday, June 18, 2025

२०८२ असार ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

युद्धविरामका लागि समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह


युद्धविरामका लागि समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

एजेन्सी । इजरायलसँग युद्धविरामका लागि पहल गरिदिन इरानले खाडीका तीन वटा देश– ओमान, कतार र साउदी अरेबियालाई आग्रह गरेको छ ।
शुक्रवारदेखि आक्रमण र प्रत्याक्रमणको शृङ्खला चलेपछि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सपसँग छलफल गरिदिन आग्रह गरेको इरानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यी तीन देशहरूले पनि अमेरिकासँग नजिकको सम्बन्ध राख्छन् ।

इरानले इजरायल तत्काल युद्धविरामका लागि तयार भए अमेरिकासँगको परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामा थप लचकता अपनाउने प्रतिबद्धता पनि व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

परमाणु हतियारसम्बन्धी सम्झौताका लागि ट्रम्पले दिएको अन्तिम समयसीमा सकिनासाथ इजरायलले इरानमाथि आक्रमण शुरू गरेको थियो । इजरायलको पहिलो दिनको आक्रमणपछि ट्रम्प आफैँले पनि इरानलाई परमाणु कार्यक्रमबारे वार्ता र सहमतिका लागि बारम्बार आह्वान गरिरहेका छन् ।

इजरायलले पाँच दिनको आक्रमणमा परमाणु संरचना, हतियार कारखाना, आणविक वैज्ञानिकदेखि उच्च सैन्य अधिकारीहरूको समेत हत्या गरेर इरानी सेनाको व्यवस्थापन नै धराशायी बनाइदिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताए । जी–सेभेन शिखर सम्मेलनबाट फर्कने क्रममा एअर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले युद्धविरामको अपेक्षा नगरेको तर आफूहरू युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताएको बीबीसीले जनाएको छ ।