Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट


चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट

काठमाडौं । सरकारले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट तोकेको छ । भन्सार विभागका अनुसार रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट सिधै मालवस्तु चोभार ल्याउने गरी रुट तोकेको हो ।

अब रसुवा भन्सार कार्यालयबाट टिमुरे–स्याफ्रुबेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलंकी–बल्खु हुँदै सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म सवारी लैजान पाइने भएको छ । उता, तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रबिसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल–धुलिखेल–बनेपा–साँगा–सूर्यविनायक–कोटेश्वर–बल्खु हुँदै चोभारस्थित बन्दरगाहसम्म सवारी लैजान पाइने भएको छ ।

यसअघि २९ कात्तिकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चोभारस्थित सुक्खा बन्दरगाहलाई चिनियाँ नाकाबाट आउने सामानका लागि पनि खुला गर्ने निर्णय गरेको थियो । सोही सूचनामा विभागले आन्तरिक परिवहनका लागि सडक मार्ग तोक्न सक्ने गरी तोकेको थियो ।