Sunday, August 10, 2025

२०८२ श्रावण २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेश प्रदेशको धान रोपाईमा सुधार


मधेश प्रदेशको धान रोपाईमा सुधार

काठमाडौं । पछिल्लो एक हप्ता पानी परेपछि मधेश प्रदेशको धान रोपाई सुधार भएको छ । सिंचाइ अभावमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत भन्दा केही बढिमात्रै रोपाइँ भएकोमा हिजो बेलुकासम्म ७६ दशमलव ५४ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार पछिल्लो हप्ता परेको पानीले थप रोपाइँ हुनुका साथै यस अघि रोपेको धानलाई पनि सिंचाइ भएको छ । निर्देशनालयको विवरण अनुसार मधेश प्रदेशमा आठ जिल्लामध्ये सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ । सर्लाहीमा ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी क्षेत्र बाहेक सबैतिर सामान्यदेखि मध्ययम वर्षा भएको छ । आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी र तराई भागका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भाग र मधेश प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।