Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशीका मुख्यमन्त्री विरुद्धको मुद्दा इजलासमा पठाउन आदेश


कोशीका मुख्यमन्त्री विरुद्धको मुद्दा इजलासमा पठाउन आदेश

काठमाडौं, भदौ १७ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्धको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ गर्ने भएको छ। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गराएका थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीद्वारा मतदान गराएर विश्वासको मत लिने कार्य असंवैधानिक भएको दाबी सहित कार्कीले रिट दायर गरेका थिए।