Sunday, August 10, 2025

२०८२ श्रावण २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अवैध सुन राष्ट्र बैंक लगियो


अवैध सुन राष्ट्र बैंक लगियो

काठमाडौं ४, साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोकेको ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । सुन निकालेर विभागले जोख्नका लागि अहिले राष्ट्र बैंक पठाएको छ ।

बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध सुन बरामद गरेको थियो । सुन बरामद भएपछि विभागले सुन र चालकसहित ट्याक्सीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । बुधबार रातभरी स्कुटरको ‘ब्रेक सु’ मा सुन लुकाइएको थियो । राष्ट्र बैंकमा जोखिएपछि सुनको आधिकारिक परिमाण निश्चित हुने विभागका अधिकारीहरुको भनाइ छ । यद्यपि राजश्वका अधिकारीहरुले सुन करिब एक क्विन्टल भएको बताएका छन् ।

सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।
कार्गोका रुपमा आएको उक्त सुन भन्सार पास भएर बाहिरिइसकेको अवस्थामा राजश्वको टोलीले बरामद गरेको थियो ।