काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)परियोजना स्वीकार गर्न आग्रह गरेका छन् ।
चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारले अघि सारेको विषयमा गम्भीर हुनुपर्ने बताए । नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बिआरआई स्वीकार गर्नु पर्ने बताए ।