Wednesday, July 23, 2025

२०८२ श्रावण ८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद


साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद

रौतहटमा प्रहरीले एक वर्षमा साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१–०८२ मा विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाउने गरिएको छ । तस्करीमा प्रयोग भएका ५ थान स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई९रिक्सा, २४३ मोटरसाइकल र ३३ थान साइकल सहित २९६ वटा सवारी साधनसमेत बरामद गरेको प्रहरीले जनाएको छ। यही अवधिमा तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। साथै, फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरि फैसला कार्यान्वयन गरिएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ बराबरको जरिवाना असुल र ११४ वर्ष १ महिना २० दिन कैद सजाय भुक्तानीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ।