Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धरानका मेयर सम्पाङको खानेपानी मन्त्रालयलाई पत्रः पुग्दो बजेट हालिदिनु


धरानका मेयर सम्पाङको खानेपानी मन्त्रालयलाई पत्रः पुग्दो बजेट हालिदिनु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि बजेट माग गरेका छन् । उनले पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका हुन् ।

बोलीचालीकै भाषामा उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो ।’ मेयर राईका अनुसार धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता छ ।

त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ छ । वर्षाको बेला त्यो फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ ।

यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् । अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।