Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देश आन्तरिक ऋणको ट्र्यापमा छः पूर्वअर्थमन्त्री खतिवडा


देश आन्तरिक ऋणको ट्र्यापमा छः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रीले बजेट घटाउनु परेको खण्डमा मन्त्रालयभन्दा पनि राष्ट्रपति कार्यालयबाट नै गर्नुपर्ने बताएका छन् । त्यसका लागि प्रधानमन्त्रीको धेरै महत्वपूर्ण सहयोग हुने उनले बताए ।

आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रममा खतिवडाले सांसद विकास कोषको रकम आफूले पहिलो २ कार्यकाल हटाउने नसकेको र तेस्रो वर्षमात्र हटाउन सकेको उनले बताए ।

उनले नेपाल आन्तरिक ऋणको ट्र्यापमा पर्न लागेको बताए । ऋण तिर्न ऋण उठाइरहिएकोले यसलाई घटाउनु पर्ने उनले बताए।

खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाव दिए ।

अर्थमन्त्री महतले करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने बताएपछि खतिवडाले भने ‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा प्रणालीको आवश्यकताले, अर्को( व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ, पदको बाजी नै नराखेको भए हुने ।’