Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका


एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका

काठमाडौं, दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले अफर सार्वजनिक गरेको छ। दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड द्वारा अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउने भएका छन्। बुधबार अर्थात असोज १७ गतेबाट लागू भएको ‘दराज दशैं धमाका’ मा ग्राहकले ७० प्रतिशत सम्मको छुट, ७ हजार बराबरको भौचर पाउनेछन् भने, अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत वा १ हजार ५०० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत वा २ हजार सम्मको छुट पाउनेछन्।

त्यस्तै, ग्राहकले ३ हजार ५ सय रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गरेमा १ लाख बराबरको सपिङ्ग भौचर पनि प्राप्त गर्ने मौका पाउनेछन्।अफर सम्बन्धी थप जानकारीका लागि ग्राहकले दराज अनलाइनको वेवसाइटमा गएर हेर्न सक्नेछन्। सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाको अन्लाइन सपिङ्ग प्लेटफर्म हो।

हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ। कम्पनीका अनुसार ३० हजार बिक्रेता र करीब ५० लाख ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५ लाख उत्पादनहरु बिक्री गर्ने भएका छन्।