Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रभु बैंकलाई ५० लाख डलर वैदेशिक ऋण प्राप्त

कुन–कुनमा गर्दैछ लगानी


प्रभु बैंकलाई ५० लाख डलर वैदेशिक ऋण प्राप्त

काठमाडौं । प्रभु बैंकलाई विदेशबाट ५० लाख डलर अर्थात् ६६ करोड २७ लाख ऋण प्राप्त भएको छ ।
बैंकले लक्जेम्बर्गको एमएसमई इन्टरप्राइजेज बन्ड एसएबाट सो ऋण सुविधा प्राप्त गरेको हो ।


४ वर्ष अवधिका लागि ल्याइएको उक्त ऋण बैंकले प्राप्त गरेसँगै विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्ने विश्वास गर्दै विशेषतयाः बैंकले हरित क्षेत्रमा लगानी गर्ने गरी यो ऋण ल्याएको बैंकका सीईओ अशोक शेरचनले बताए ।


सो ऋण विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न विद्युतीय सार्वजनिक यातायातका साथै व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रूपमा उपलब्ध कर्जा गराइने बैंकले जनाएको छ ।


बैंकले जलवायु परिवर्तनले आक्रान्त विश्व यसको प्रभावबाट मुक्ति पाउन वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको जनाएको छ ।
?