Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुनेः गृहमन्त्री


महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुनेः गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताए । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउदै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए ।

उनले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए । त्यसैगरी संविधानको भावना अनुरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकिकृत निर्वाचन विधेयक आगामी संघीय संसदमा पेश हुने गरी गृह मन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाई थियो ।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्य लगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए ।