Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमालय एअरलाइन्सको पहिलो व्यावसायिक उडान शुरू


हिमालय एअरलाइन्सको पहिलो व्यावसायिक उडान शुरू

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एअरलाइन्सले पहिलो व्यावसायिक उडान शुरू गर्न लागेको छ । हिमालय एअरलाइन्सले आउँदो चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।

काठमाण्डौ–ल्हासा–पोखरा–ल्हासा–काठमाण्डौ जोड्ने गरी उडान गर्न लागेको हिमालय एअरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न हप्तामा एउटा उडान गर्ने गरी उडान तालिका निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ल्हासा उडानका लागि हिमालय एअरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको    छ । त्यसैगरी चीनको सिचुवान एअरलाइन्सले आउँदो चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन ।

उडान शुरू भएसँगै नेपालमा चिनियाँ पर्यटक बढ्ने विश्वास छ । पोखराबाट चीनका विभिन्न गन्तव्यमा सीधा उडान हुने भएपछि व्यवसायी उत्साहित भएका छन् । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ साल पुस १७ गते उद्घाटन भएको थियो ।