Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

मेरो तीन चुनौति, प्रदेशमा औद्योगिक क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र सहकारीको संकट समाधानः मन्त्री महर्जन[भिडिओ सहित]


मेरो तीन चुनौति, प्रदेशमा औद्योगिक क्षेत्रको विकास, पर्यटन  प्रवर्द्धन र सहकारीको संकट समाधानः मन्त्री महर्जन[भिडिओ सहित]

काठमाडौं । वाग्मती प्रदेशका माननीय पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले अहिलेको विषम परिस्थितिमा सहकारीलाई बचाउनु नै बचतकर्ताहरुको बचतलाई बचाउनु हो, यसका लागि बचतकर्ताहरु धैर्य हुन आवश्यक रहेको बताउनु भएको छ । 

विजनेश दर्शन मिडियासँग गरिएको संवादमा उनले भने, ‘सहकारी यो देशको आर्थिक क्रान्तिको एउटा पाटो हो । जसले आज यो देशमा धेरै मान्छेहरुलाई रोजगारी सिर्जना गरीदिएको छ र आर्थिक क्षेत्रलाई चलायमान गरेको छ ।’ दुई तीन वटा सहकारीमा समस्या देख्दा अरु सरकारीलाई पनि त्यही नजरले हेर्दा बाँकी सहकारीलाई पनि असहज वातावरण सिर्जना भएको बताउँदै उनले भने, ‘हिजोका दिनमा बैकंमा कारोबार गर्दा कति झमेला हुन्थ्यो आज आएर ति सबै झमेलाहरुलाई सहकारीले सहज रुपले समाधान गरिदिएको अवस्था छ । हो अहिले आएर विश्वभरि नै आर्थिक समस्या आईरहेको अवस्था  छ । यसले सहकारी क्षेत्रलाई पनि छोएका कारण केही समस्याहरु देखियो । त्यसलाई अब हामीले समाधान गर्दै      लैजानुपर्छ ।’  

अहिलेको अवस्थामा सरकारीलाई बचाउनुपर्छ र सहकारीलाई बचाउनु नै बचतकर्ताहरुको बचतलाई बचाउनु हो, मान्छेहरुले यो कुरा बुझिरहेका छैनन् । सहकारी धरापमा प¥यो भने बचतकर्ताहरुको बचत पनि धरासयी भएर जान्छ । त्यसैले सबै सदस्यहरुले धैर्य गरेर सहकारीलाई बचाउनु नै अहिलेको समयको माग रहेको मन्त्री महर्जनको भनाई छ ।