Wednesday, June 18, 2025

२०८२ असार ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्थानीय धानको चामललाई प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा


स्थानीय धानको चामललाई प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा

काठमाडौं । गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा ल्याइएको छ । धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका किसान मेघनाथ अर्यालले खाद्यान्न प्रशोधन तथा प्याकेजिङ उद्योगमार्फत धुर्कोटे स्थानीय चामल व्यावसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याएका हुन ।

स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरी बजारीकरण गर्ने उद्देश्यले आफैँले उत्पादन गरेको चामललाई ‘धुर्कोटे चामल’ को नाममा ब्रान्डिङ गरी बजारमा पठाएको अर्यालले बताए । उनले प्रशोधन गरेको चामललाई २५—२५ किलोको बोरामा प्याकिङ ष्रेका छन् । २५ किलोको बोरालाई दुई हजार पाँच सय रुपैयाँ मूल्य राखिएको छ ।

धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा किसान अर्यालले उद्योग स्थापना गरी चामल उत्पादन गर्न थालेका छन् ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामलसहित कृषि उपजमा पालिकाबाट आउँदा दिनमा बजारीकरण, प्रविधि तथा ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गाउँ खाली हुनलाग्दा गाउँमै फर्किएर अर्यालले गरेको कामबाट सबैले सिक्नुपर्ने बताए । अर्यालले गएको वर्ष चार सय मुरी धान उत्पादन गरेको छ ।