Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गैरकानूनी ढंङ्गबाट सञ्चालित दुई वटा स्वास्थ्य संस्थाहरुमा तालाबन्दी!


गैरकानूनी ढंङ्गबाट सञ्चालित दुई वटा स्वास्थ्य संस्थाहरुमा तालाबन्दी!

काठमाडौं । काठमाडौं  महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको दुई वटा स्वास्थ्य संस्था बन्द गरिएको छ ।

स्वास्थ्य संस्थाहरुको सुधारको विषयलाई लिएर महानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गर्दै कानूनी दायरामा ल्याउन ति संस्थाहरुमा ताला लगाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख २ अनुसार नागरिकले अनुभूत गर्ने गरी काठमाडौ महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न नभएको र कतिपय सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाईएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले विज्ञप्ती मार्फत् ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताको लागि नभई कानुनव्यवस्था गर्नुको जुन उद्देश्य छ, सोही अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस भनी अग्रसरता लिईरहेको भन्दै मेयर बालेनले महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य सम्बन्धी कानून/मापदण्डको पालना नगरेको पाईएमा संङ्घ÷प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गरिने व्यहोरा विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई सुसूचित गरेका छन् ।