Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंमा बढ्यो मह्रँगी, अन्य क्षेत्रमा भने कम


काठमाडौंमा बढ्यो मह्रँगी, अन्य क्षेत्रमा भने कम

काठमाडौं । काठमाडौंमा मह्रँगी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको अािर्थक तथा वित्तिय स्थिति अनुसार गत आर्थिक बर्षको १० महिनाका अवधीको तुलनामा चालु आर्थिक बर्षको सोही अवधीमा काठमाडौं उपत्याकामा महँ्रगी बढेको केन्द्रिय बैंकले जनाएको छ ।

चालु आर्थिक बर्षको बैंशाख मसान्तमा मुद्रास्फिति (महँ्रगी) ७.६८% रहेको छ । गत आर्थिक बर्षको सोही अवधी( बैशाख मसान्तमा ) काठमाडौंको महँ्रगी ७.३९% रहेको थियो ।

चालू आर्थिक बर्षमा पहाडमा भने गत आर्थिक बर्षको तुलनामा मह्रँगी घटेको छ । गत आर्थिक बर्षमा तराईमा मुद्रास्फिति ८.१५% रहेकोमा चालु आर्थिक बर्षको बैंशाख मसान्तमा तराईमा मुद्रास्फिति ७.१५% रहेको छ ।
त्यस्तै, पहाडमा चालू आर्थिक बर्षको बैशाख मसान्तमा महँ्रगी ७.५७% रहेको छ । जबकी गत आर्थिक बर्षको बैंशाख महिनामा पहाडमा ७.८९ % थियो ।

यथपी, हिमालमा पनि बैंशाख महिनामा मह्रंगी गत बर्षको बैंशाख भन्दा कम भएको तथ्यांकले देखाएको छ । चालू आर्थिक बर्षमा हिमालको मह्रँगीदर ७.१२% रहेको छ भने, गत बर्षको सोही अवधीमा हिमाली क्षेत्रको महं्रगी (मुद्रास्फिति) ८.२१ प्रतिशत रहेका राष्ट्र बैंकले जनाएको हो ।

थोक मुद्रास्फिति

चालू आर्थिक वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१% रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६% रहेको थियो ।
त्यस्तै, चालू आर्थिक बर्षको बैंशाख महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ % र ४.३३ % रहेको छ भन,े उपभोग्य वस्तुको थोक मूल्य ३.१२% घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८% रहेको छ ।

तलव तथा ज्यालादर

२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.६४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको
सोही महिनामा उक्त सूचकाङ्क ८.५२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ६.२९ प्रतिशतले बढेको छ ।