Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुुन चाँदीको मूल्य घट्यो


सुुन चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य अंकले घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज प्रतितोला १ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख १२ हजार ५ सय रुपैयाँ थियो । तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।