Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्वारा ठमेल र ललितपुरका दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज


राष्ट्र बैंकद्वारा ठमेल र ललितपुरका दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले बिहीबार सूचना निकालेर मनी यी दुई वटा एक्सचेन्जको लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी राष्ट्र बैंकले गराएको छ ।