Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा,विरोध प्रदर्शन र धर्नालगायतका अनुमति नदिन संसदीय समितिको निर्देशन


तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा,विरोध प्रदर्शन र धर्नालगायतका अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौं । तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको चैत्र १५ गतेको प्रदर्शनबाट भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए । घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

समितिले सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न पनि निर्देशन दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।