Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा


दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा

एजेन्सी। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार प्रहरी मुख्यालयमा पनि छापा मारिएको छ ।

राष्ट्रपति युन सुक येओलले केही दिन अघि जारी गरेको ‘मार्शल ल’पछि छानबिनका क्रममा प्रहरीले छापामारी गरेको हो । योनहापका अनुसार छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत साता राष्ट्रपति येओलले ‘मार्शल ल’ जारी गरेका थिए ।