Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैं बुकिङमा सस्तो टिकट नै सकियो


दशैं बुकिङमा सस्तो टिकट नै सकियो

काठमाडौं । हवाई टिकट दसैँका लागि भनेर औपचारिक बुकिङ खुला हुँदैन । अनलाइन हुने हुँदा टिकट भने धमाधम बुकिङ भइरहेका छन् । दसैँको सप्तमी, अष्टमी र नवमीका लागि टिकटको बढी माग हुने गर्छ । तीन दिनका लागि कतिपय गन्तव्यको हवाई टिकट फुल बुकिङ भइसकेको छ । धेरै उडान भएका गन्तव्यमा ७०–८० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको वायुसेवा कम्पनीका प्रतिनिधि बताउँछन् ।

तुम्लिङटार, सुर्खेतजस्ता केही गन्तव्यको उडानमा पूरै टिकट बुकिङ भइसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । सुगम गन्तव्यमा धेरै उडान हुने हुँदा कतिपय ठाउँमा ७० प्रतिशत र कतिपय गन्तव्यमा ८० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको छ । अब सहुलियत भाडादरको टिकट भेट्टाउन भने मुस्किल पर्छ ।

अहिले दसैँका लागि भनेर हवाई टिकट धमाधम बुकिङ भइरहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । सप्तमी, अष्टमी र नवमीमा एकतर्फी सिट फुल बुकिङ भइसकेको उनको भनाइ छ । ‘टीकाको अगाडि तीन दिन एकतर्फी प्याक हुन्छ, काठमाडौं फर्किने यात्रु हुँदैनन्,’ उनले भने, ‘टीकाको दिन दुईतर्फी नै यात्रु हुन्छन्, त्यसपछि काठमाडौं फर्किने यात्रु हुन्छन्, बाहिर जाने हुँदैनन् ।’

यदि यात्रुको माग बढेमा नियामक निकायसँग स्लट मागेर उडान थप गर्न सकिने उनीहरूले बताएका छन् । तर, गत वर्षको दसैँमा उडान थप्नुनपरेको हुँदा यस वर्ष नियमित उडान नै पर्याप्त हुने मानन्धरको भनाइ छ । ‘हामीले यात्रुको माग भयो भने फ्लाइट बढाउन सक्छौँ, तर अहिल्यै यसै भन्न सकिन्न,’ उनले भने, ‘अहिले धेरैसँग व्यक्तिगत गाडी नै हुन थाले, केही यात्रुले आफू–आफू मिलेर गाडी बुकिङ गरेर जान्छन् ।’ बुद्ध एयरका प्रवक्ता कर्ण पनि दसैँमा यात्रुको माग बढेमा नियामकसँग छलफल गरेर उडान बढाउन सकिने बताउँछन् ।