Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

विभिन्न पाँच उद्योगद्वारा एकै ठाउँमा ‘मल्टी ब्राण्ड स्टोर’ सञ्चालनमा


विभिन्न पाँच उद्योगद्वारा एकै ठाउँमा ‘मल्टी ब्राण्ड स्टोर’ सञ्चालनमा

काठमाडौं । नेपाली कपडा उत्पादन गर्ने पाँच उद्योगी मिलेर एकै ठाउँमा पाइनेगरी ‘मल्टी ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएका छन्। सो उत्पादक कम्पनीहरुले नयाँ बानेश्वर चोकबाट शंखमूल जाने मार्गको एनएमबी कम्प्लेक्समा याक एण्ड नेक, फ्रिडम, केके, ट्याग, भर्जिन्स र गोफी गरी छ प्रकारका नेपाली ब्राण्डका लुगा कपडा सञ्चालनमा ल्याएको हो।

सहज तरिकाले विभिन्न ब्राण्डका उत्पादन एउटै छाना मुनी राख्ने उद्देश्यले खोलिएको यस स्टोरमा केटाकेटीदेखि पाका उमेर समूहलाई समेत हुने लुगा कपडा पाइने स्टोर सञ्चालक मध्येका एक उद्योगी किशोर नेपाल बताउँछन्।

उनकाअनुसार ग्राहकले स्टोरमा सर्ट, पाइन्ट, टिर्सट, वानपिस, ज्याकेट लगायतका जाडो र गर्मी दुवैलाई हुने लुगा किन्न पाइन्छ।आगामी दिनमा उपभोक्ताको चाहना अनुसारका गुणस्तरीय कपडा उत्पादन गर्दै जाने उनले बताए। उनी नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष समेत हुन्।

संघमा तीन सय बढी उद्योगी आबद्ध छन्। तीनैमध्ये पाँच उद्योगीको स्टोर हो–मल्टी ब्राण्ड स्टोर। ‘स्टोर सञ्चालनमा ४० देखि ५० लाख रूपैयाँ लगानी छ,’ नेपालले भने।
फ्याक्ट्रीबाट उत्पादित गुणस्तरीय सामान सिधैं ग्राहक समक्ष पु¥याउने उद्देश्यले पनि स्टोर सञ्चालनमा ल्याएको नेपालले जानकारी दिए। उनकाअनुसार फ्याक्ट्रीबाट उत्पादित सामान सिधैं ग्राहक समक्ष पुग्ने यो पहिलो स्टोर हो।

‘रिटेलमा लिँदा एउटै सामानको मूल्य फरक–फरक हुन्छ,’ उनले भने, ’यहाँ ग्राहकले सरल मूल्यमा पाउँछन् ठगिने डर हुँदैन।’ उनकाअनुसार अहिले पाँच उद्योगीले आफूले उत्पादन गरेका ६ ब्राण्डका कपडा स्टोरमा राखिएको छ। आगामी दिनमा अन्य नेपाली ब्राण्ड पनि थपिँदै जानेछ।