Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२६ लाख ५० हजार रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न चारजना पक्राउ


२६ लाख ५० हजार रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न चारजना पक्राउ

काठमाडौं । प्रहरीले हुन्डी कारोबारमा संलग्न चारजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मी तम्घास नगरपालिका– ४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं महानगरपालिका– १ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका– १६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुन्डीसम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले नगद २६ लाख ५० हजार रुपैयाँ र मोबाइल पाँच थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।