Thursday, August 14, 2025

२०८२ श्रावण ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राज्यव्यवस्था समिति सभापति खतिवडाले सभामुख घिमिरेलाई राजीनामा बुझाए


राज्यव्यवस्था समिति सभापति खतिवडाले सभामुख घिमिरेलाई राजीनामा बुझाए

काठमाडौं । राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले बुधबार सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका   छन् ।

संघीय निजामती विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीमा संसदीय छानबिन विशेष समितिबाट राजनीतिक र नैतिक जिम्मेवार ठहर गरिएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमै राजीनामाको घोषणा गरेका थिए ।

सभामुख घिमिरेलाई बुझाएको पत्रमा खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमै घोषणा गरे बमोजिम बुधबारबाट लागू हुुने गरी प्रतिनिधाि सभा अन्तर्गको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा गरेको बताएका छन् ।