Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव आज सकिँदै


सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव आज सकिँदै

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव आज सकिँदैछ । नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर बिहीवारदेखि बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव शुरु भएको हो ।

हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी भएको छ । आयोजकका अनुसार हात्ती महोत्सवमा निजी तथा सरकारी गरी झण्डै ५० वटा हात्ती सहभागी छन् ।